बुटवल,२९ साउन ।
बुटवलका २७ सहित रुपन्देहीमा शुक्रबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १६९ जनाको कोरोना परीक्षण गर्दा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा २७ जना, तिलोत्तमा नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिकामा ६ जना, देवदह नगरपालिकामा ३ जना र कञ्चन गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ८१६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्दहेहीका थप ५४ जना कोरोना संक्रमित निको भएका छन् । रुपन्देहीमा हालसम्म २८ हजार ८५६ जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीमा हालसम्म ५१९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
हाल जिल्लामा ४४२ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।







