मिर्गौला तथा मुटु रोगका विरामीलाई थप २ लाख सहयाेग गर्ने
बुटवल,२९ साउन ।
लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा कृष्णध्वज खड्कालाई नियुक्त गरिएको छ । बिहीबार बसेको नवगठित प्रदेश मन्त्रीपरिषद्को पहिलो बैठकले प्रवक्तामा खड्कालाई नियुक्ती गर्ने निर्णय गरेकाे हो ।

बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा दाङका
अम्मरबहादुर डाँगीलाई नियुक्ती गरेको छ ।

त्यस्तै सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीलाई थप २ लाख सहयोग गर्ने निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए ।

बैठकले कोरोना संक्रमितहरूकाे उपचारलाई सहज बनाउन हटलाईन एम्बुलेन्स सेवा सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजोन परीक्षणको लागि घुम्ती शिवीर सञ्चालन गर्ने निर्णय गरेको छ । काेराेना भाइरस बिरूद्वकाे खोप अभियानलाई थप व्वस्थित र प्रभावकारी बनाउने निर्णय समेत बैठकले गरेको छ । त्यस्तै बैठकले प्रदेश नं. ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।