बुटवल,२८ साउन ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम)लाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले संविधानकाे धारा १६८ ( २ ) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ ।
केसीलाई मुख्यमन्त्री नियुक्त गर्न आजै चार दलीय गठबन्धनले ४२ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष बहुमतको सरकार गठनका लागि दाबी पेश गरेको थियो

नवनियुक्त मुख्यमन्त्री केसीकाे आजै अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा ग्रहण ग्रहण हुदै छ ।
सपथ ग्रहणसँगै मुख्यमन्त्री केसीले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी छ ।

आज गठन हुने मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट डिल्ली बहादुर चौधरी र जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादव सहभागि हुने निस्चित भइसकेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्दीन खाँनले जानकारी दिए ।
माओवादी केन्द्रकाे तर्फबाट कृष्णध्वज खड्का पनि मन्त्रीपरिषदमा सहभागी हुने जनाइएको छ ।
आफु बिरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथी प्रदेश सभामा छलफल सुरु भएपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।