बुटवल,२८ साउन ।
लुम्बिनी प्रदेशमा आजै नयाँ सरकार गठन गर्ने तयारी गरेका छन् । गठबन्धनद्वारा मुख्यमन्त्रीमा प्रस्तावित माओवादी केन्द्र संसदीयदलका नेता कुलप्रसाद केसी सोनामको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने तयारी गरेका हुन् ।
मुख्यमन्त्री शंकर पाेखरेलले बुधबार दिउँसो राजिनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज ३ बजे सम्म बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए ।
नेपाली कांग्रेस प्रमुख सचेतक खानका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा केसी मुख्यमन्त्रीमा बन्नेछन् । आजै तीन सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी छ । १० सदस्यीय हुने मन्त्रीमण्डलमा पहिलाे चरणमा कांग्रेसबाट डिल्ली चाैधरी र जसपाबाट सहसराम यादव मन्त्री बन्ने पक्का भएको छ ।
चाैधरीले आन्तरिक मामिला तथा कानुन र यादवले भाैतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मा पाउने श्राेतको दाबि छ ।





