बुटवल,२७ साउन ।
बुटवल उपमहानगरपालिकाका २७ सहित रुपन्देही जिल्लामा बुधबार ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा २२५ जनाको कोरोना परीक्षण गर्दा ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप कोरोना ९५ जना संक्रमित निको भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २७, तिलोत्तमा नगरपालिकामा १४ जना, सिद्धार्थनगर नगरपालिकामा १० जना, सैनामैना नगरपालिकामा ४ जना, देवदह नगरपालिकामा ३ जना र सियारी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । हालसम्म जिल्लामा ५१७ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । जिल्लामा हाल ४८२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।