काठमाडौं,२७ साउन । नेपालमा बुधबार थप ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ९०७ पीसीआर परीक्षण गर्दा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षण गर्दागर्दै ८६५ जना गरी ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना काेराेना संक्रमित निको भएका छन भने ३० जनाको मृत्यु भएको छ ।
। नेपालमा हालसम्म ६ लाख ७५ हजार ८३ जना काेराेना संक्रमित निको भएका छन भने १० हजार १८० संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन् । जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ५ जना कोरोना संक्रमित थपिएका छन् ।

आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सबैभन्दा धेरै काठमाडौंमा ६६३, झापामा २२०, कास्कीमा २१६, ललितपुरमा १९२, मोरङमा १५३, भक्तपुरमा १०९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सुनसरी र चितवनमा ८०/८० जना, दोलखामा ७७, रुपन्देहीमा ७०, लागलुङमा ६७, नवलपरासी पूर्वमा ६१, नुवाकोटमा ५०, सिन्धुपाल्चोक र बर्दियामा ४४/४४ जना, दाङमा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।