बुटवल,२७ साउन । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै उनले बुधबार दिउँसो प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् उनले दिएको राजिनामा प्रदेश प्रमुख शेरचनले स्विकृत गरेका छन् ।
मुख्य न्यायाधिवक्ता डिसीले संविधानको धारा १६० खण्ड (क)अनुसार मुख्यमन्त्री मार्फत राजीनामा दिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवि पौडेलद्वारा जारी सुचनामा जनाइएको छ ।







