बुटवल,२७ साउन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले बिहीबार अपराह्न ३ः०० बजेसम्म सरकारमा दावी पेश गर्न आह्वान गरेका हुन् ।







