काठमाडौं,२७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान विरुद्ध परेको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले साे रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धकाे अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन रोक्न माग गर्दै परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको आवश्यकता देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।





