बुटवल,२७ साउन ।
लुम्बिनी प्रदेश सभाको बिशेष अधिवेशनमा मुख्यमन्त्री शंकर पाेखरेल बिरूद्वकाे अविश्वासको प्रस्ताव टेवल भएको छ ।

प्रदेश सभामा अविश्वासको प्रस्ताव टेवल गर्दै नेपाली कांग्रेस संसदीयदलका नेता बिरेन्द्र कानोडियाले मुख्यमन्त्री पाेखरेल ओलि पथमा लागेर आफ्नो निय्ठालाई तिलाञ्जली दिएको आराेप लगाए ।

अविश्वासको प्रस्तावमाथिकाे छलफलमा सहभागी हुदै जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेता सहसराम यादव, नेकपा माओवादी केन्द्रका कृष्णध्वज खड्का र राष्ट्रिय जनमाेर्चा संसदीय दलका नेता तारा जिसीले सहभागीता जनाउँदै मुख्यमन्त्री पाेखरेलले अल्पमतमा परेर पनि राजिनामा नदिने र विश्वासको मत पनि नलिएपछि अविश्वासको प्रस्ताव ल्याउनुपरेकाे बताए । उनिहरूले सरकार र मुख्यमन्त्रीकाे आलाेचना गर्दै अविश्वासकाे प्रस्तावकाे पक्षमा अभिमत राखेका थिए । अविश्वासको प्रस्तावमाथिकाे छलफल सकिएपछि सभामुख पूर्ण घर्तीले अहिले १ घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

उता प्रदेश सभामा आफू विरूद्वकाे अविश्वासको प्रस्ताव टेवल भइरहेका बेला मुख्यमन्त्री शंकर पोखरेल राजिनामा लिएर प्रदेश प्रमुख कार्यालयमा गएको समाचार सार्वजनिक भएको थियोे ।

मुख्यमन्त्रीले राजीनामा दिएको आधिकारीकताको पत्र प्राप्त नभएका कारण निर्धारित समयमा प्रदेशसभाको विशेष अधिवेशन सुचारु गराईएको संसद सचिवालयले जनाएको छ ।