बुटवल,२६ साउन ।
भुमि सम्बन्धी समस्या समाधान आयोग बिघटनका बिरुद्द नेकपा एमाले कञ्चन गाउँ कमिटीले बिरोध प्रदर्शन गरेको छ ।
बिरोध सभालाई सम्बोधन गर्दै नेकपा एमाले कञ्चन गाउँ कमिटिका ईन्चार्ज धन कुबेर बुढाथोकीले नेकपा एमालेले नियुक्त गरेका पदाधिकारी खारेज गरेता पनि आयोग नै बिघटन गर्नु राजनैतिक प्रतिशोध भएको बताए ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनको ६५ प्रतिशत भुमिहिन दलित,भुमिहिन सुकुमबासी तथा अव्यबस्थित बसोबासीहरुको संख्या १३ हजार भएको र अभिलेखिकरण,कन्ट्रोल पोइन्ट,टोटल स्टेसन कायम गर्ने जस्ता ७५ प्रतिशत कार्य सम्पन्न भएको अवस्थामा एकाएक आयोग बिघटन गरेर लालपुर्जा पाउने कञ्चनबासीको सपनामाथी कठराघात गरेको आरोप लगाए ।
कञ्चनको रुद्रपुर क्षेत्र पिपरीचापा,हरैया,अस्नैय लगायतबाट निस्केको भूमिहीन सुकुम्बासीहरुको मोटरसाइकल जुलुस पछि आयोजित कोणसभामा नेकपा एमाले कञ्चन गाउँ कमिटिका अध्यक्ष भरतमणि सापकोटा नेकपा एमालेका नेताहरु शालिकराम पौडेल, शुशिला न्यौपाने,लेखनाथ पौडेल,शंकर आचार्य लगायतले बोलेका थिए ।







