काठमाडौं,२६ साउन ।
नेपालमा मंगलबार थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार १२३ जनाको परीक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना संक्रमित निको भएका छन भने ३५ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ७३ हजार १९८ जना संक्रमित निको भएका छन भने
१० हजार १५० जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ । जसमध्ये ३३ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७६१ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १०३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा धेरै काठमाडौंमा ७९५, झापामा २९७, कास्कीमा २९४, ललितपुरमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा १७९, मोरङमा १६४, भक्तपुरमा १५२, सुनसरीमा १३९, काभ्रेपलाञ्चोकमा १३८, र नवलपरासी पूर्वमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङमा ७१, नुवाकोटमा ५७, रुपन्देहीमा ५३, दोलखामा ४८, गोरखामा ४१, मकवानपुर र सुर्खेतमा ३५÷३५ जना, स्याङजामा २८, कैलालीमा २४, कञ्चनपुरमा २१, तनहुमा २०, सिन्धुपाल्चोकमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।