बुटवल,२६ साउन ।
वुमन केयर नेपाल रुपन्देही र नेपाल महिला संघले रुपन्देहीका बिभिन्न ठाउँमा निशुल्क मास्क बितरण गरेका छन् ।

नेपाल सरकारले सुरु गरेको एक हप्ते मास्क अभियानलाई सहभोग गर्ने उदेश्यले जिल्लाभर मास्क बितरण गरिएको वुमन केयर नेपाल रुपन्देही अध्यक्ष रीता केसीले जानकारी दिइन् ।

वुमन केयर नेपाल रुपन्देही र नेपाल महिला संघले मंगलबार बुटवल उप महानगरपालिका वडा नं ११ देविनगर चौपारी चोकमा करिब ५ सय थान मास्क बितरण गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य काजीमान श्रेष्ठ,कांग्रेस नेता चीत्र बहादुर बर्माले पहिलो र दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण ठूलो जन धनको क्षति भएको भन्दै संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग र स्वास्थ्य सूरक्षा मापदण्डको पालना महत्वपूर्ण हुने बताए ।

सो अवसरमा कांग्रेस नेता कुल बहादुर केसी,सुरेन्द्र ज्ञवाली,सुनिल शाही,महिला संघ बुटवल ११ की सभापति लक्ष्मी वली,सरला चौहान,पार्वती मल्ल लगायतले मास्क र स्वास्थ्य सूरक्षा मापदण्डबारे सर्वसाधारणलाई जानकारी गराएका थिए ।

आइतबार बुटवलको सेमलार चोकबाट निशल्क मास्क बितरण अभियान सुरु गरेको वुमन केयर नेपालले सोही दिन बुटवलकै तामनगर,नयाँगाउ र बेलबास चोकमा २ हजार ५ सय थान मास्क बितरण गरिएको सो संस्थाले जनाएको छ ।

त्यस्तै साउन महिनाको अन्तिम सोमबार हिजो बुटवलको नयाँगाउ स्थित मुक्तिनाथ धाममा एक हजार बढि मास्क बितरण गरिएको वुमन केयर नेपाल रुपन्देही अध्यक्ष रीता केसीले जानकारी दिइन् ।

अभियान यो हप्ताभर जारी रहने अध्यक्ष केसीले बताइन् ।