काठमाडौ,२६ साउन ।
बिहीबारदेखि पुनः देशभर मनसुन सक्रिय हुने जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।

आज देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

बुधबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारबाट बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई बिहीबार देखि केही दिन धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको तथा शुक्रबार, शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।