दाङ,२५ साउन ।
खोलाले बगाएर दाङमा आमा–छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उनको दुई वर्षीय छोरा रुद्र घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनिहरुलाई आज सोमवार दिउँसो तुलसीपुरको ग्वार खोलाले बगाएर मृत्यु भएको हो ।

सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वार खोलाको पतेनी घाट खोला तर्ने क्रममा खोलाले बगाएर आमा–छोराको मृत्यु भएको दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

आमा–छोराको शव बगेको ठाउँबाट दुई किलोमिटर तल भेटिएको प्रहरीले जानकारी दिएको छ ।