रुकुम पूर्व,२५ साउन ।
रुकुम पूर्वको उत्तरगंगा नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका १४ राङसीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती अमृता कामी रहेका छन् ।

उनिहरु उत्तरगंगा नदीमा डुबेर बेपत्ता भएका हुन् ।
आइतवार ती दम्पतीबीच झगडा भएपछि श्रीमती नदीमा हाल फालेको र उनलाई बचाउन भनी नदीमै पसेका श्रीमान् पनि बेपत्ता भएको प्रहरीले जनाएको ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठले बेपत्ता दुवै जनाको खोजीकायै तीव्र पारिएको जानकारी दिए ।

बेपत्ता भएका दम्पतीका एक छोरी र एक छोरा रहेका छन् ।