काठमाडौं,२५ साउन ।
नेपालमा सोमबार थप ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ लाख ८६ हजार ६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना थप १ हजार ७८४ जना कोरोना संक्रमित निको भएका छन भने २२ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ६ लाख ७१ हजार ८३ जना कोरोना संक्रमित निको भएका छन् भने १० हजार ११५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहिले देशभर ३६ हजार २८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।







