काठमाडौं,२५ साउन । जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले कोरोना जस्तै प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्ने आशंका व्यक्त गरेका छन् ।
काेराेना भाइरसकाे नयाँ भेरियन्ट आउन सक्ने र साे भेरियन्ट अहिले देखिएको भेरियन्ट भन्दा कडा खालको रहेको विज्ञहरूले बताइरहेका बेला सत्ता गठवन्धन दलका नेता भट्टराईले प्रतिगमन काे नयाँ भेरियन्ट आउन सक्ने आशंका व्यक्त गरेका हुन् ।
नेता भट्टराईले आइतबार राति ट्विट गर्दै असंवैधानिक भेरियन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा ‘अर्ली इलेक्सन’ भेरिएन्ट आउनसक्ने बताएका हुन् । ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ उनले लेखेका छन् ।
पहिलो भेरिएन्टले संविधानको सशरीर हत्या गर्नै लागेको र दोश्रोले संविधानको आत्मा मार्ने गरी आउनसक्ने उनको भनाइ छ ।
अध्यक्ष भट्टराईले अहिले नै ढुक्क भएर आ-आफ्ना पार्टी वा गुटतिर नफर्कन नेताहरुलाई सुझावसमेत दिएका छन् ।





