काठमाण्डाै,२५ साउन । आज लुम्बिनी सहित सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । यी तीन प्रदेशका केही ठाउँमा दिउँसाेपछि ठूलोपानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

प्रदेश नम्बर १ मा भने आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको उनलेे बताइन् । आज देशका अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

देशका धेरै ठाउँको मौसम यतिबेला आंशिकदेखि सामान्य बद्ली भएकाे छ । दिउँसाेपछि भने देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् ।