बुटवल, २४ साउन ।
एमसीसी परियोजनाको विरोधमा बिभिन्न बामपन्थी दलहरुले बुटवलमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिष्ट पाटी (मसाल),नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी),राष्ट्रिय जनमोर्चा,नेकपा (माले),नेकपा माओवादी केन्द्र (समाजवादी) लगायतका दलहरुले आइतबार बुटवलको अस्पताललाइनमा कोणसभा गरेर एमसीसी परियोजनाको विरोध गरेका हुन् ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी ) पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सेक्रेटरी भूपेन्द्र न्यौपाने,नेकपा (माले) का स्थायी कमिटी सदस्य गोपालमणी गौतम, नेकपा (माओवादी केन्द्र ) समाजवादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्याय,राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार बद्रे आलम,नेकपा (क्रान्तिकारी माओवादी ) का जिल्ला इन्चार्ज बसन्त आचार्य,राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब टान बहादुर केसी लगायतले एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै त्यसलाई कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने बताए ।

एमसीसी परियोजना नेपाल र नेपालीको हितमा नभए पनि ठूला राजनीतिक दलहरूले त्यसलाई पास गर्नसक्ने भन्दै उनिहरुले त्यसप्रति जनताले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

उनिहरुले एमसीसी संसदबाट पास भए मुलुक अमेरिकी सेनाको रणभूमि बन्ने दाबी गरे ।