काठमाडौं,२४ साउन ।
नेपालमा आइतबार थप २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १४ हजार ८७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २९ जना कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ६ लाख ६९ हजार २९९ जना कोरोना संक्रमित निको भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म नेपालमा १० हजार ९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ रहेको छ । जसमध्ये ३१ हजार ९६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८०२ जना आईसीयू र १८१ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका ७७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २२ वर्ष उमेर समूहका १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण पुष्टि ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्द धेरै काठमाडौंमा ७४०, कास्कीमा १८९, ललितपुरमा १५५, मोरङमा १४९ र झापामा १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सुनसरीमा ९५, नुवाकोटमा ७४, काभ्रेपलाञ्चोकमा ५९, भक्तपुरमा ५६, रुपन्देहीमा ५३, सिन्धुपाल्चोकमा ४८ जना कोरोना संक्रमित थपिएका छन् ।

मकवानपुरमा ४१, गोरखामा ३१, कपिलवस्तुमा २६, सुर्खेतमा २१, इलाममा २०, पाँचथर र स्याङजामा १८÷१८ जना, चितवनमा १७, धादिङमा १६, दाङमा १५, तनहुँ, नवलपरासी पश्चिम र जुम्लामा १२÷१२ जना तथा लमजुङ र गुल्मीमा ११ ÷११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।