दाङ,२४ साउन । दाङमा थप जना एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीया महिला रहेकी छन् ।
उनको दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
ती महिला साउन १५ गतेदेखि सघन उपचार कक्षमा उपचाररत थिइन् । उनमा निमोनियासँगै श्वासप्रश्वासमा समेत समस्या रहेको अस्पतालले जनाएको छ । साे अस्पतालको सघन उपचार कक्षमा अझै छ जनाको उपचार भइरहेको छ ।