नेपालगन्ज,२४ साउन । बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत उनिहहरूकाे अाज बिहान १५ मिनेटको फरकमा मृत्यु भएको हो ।
आज बिहान ८ः३० बजे एक संक्रमितको मृत्यु भएको १५ मिनेटमा अर्को संक्रमितको पनि मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

बाँकेका कोरोना फोकलपर्शन तेज वलीका अनुसार तुलसिपुर उपमहानगरपालिका १५, दाङका ४५ वर्षिय पुरुषको आज बिहान ८ः३० बजे मृत्यु भएको थियो भने त्यसको १५ मिनेट पछि भेरीगँगा नगरपालिका १० सुर्खेतका ३९ वर्षिया महिलाको मृत्यु भएको थियो ।
दाङका पुरुष साउन २१ गते संक्रमण पुष्टि भएपछि २२ गते भेरी अस्पताल भर्ना भएका थिए भने सुर्खेतकी महिला साउन ५ गतेबाट भेरी अस्पतालमा उपचाररत थिईन् । यसैबीच गयराती २ बजे रोल्पाबाट उपचार गर्न भेरी ल्याईएका एक संक्रमितको मृत्यु भएको थियो ।

यससँगै बाँकेमा अन्य जिल्लाबाट उपचार गराउन आएर मृत्यु हुने कोरोना संक्रमितको संख्या ३८६ पुगेको छ ।