बुटवल,२४ साउन ।

सरकारकाे न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिँदै छ । सत्तारुढ गठबन्धन दलद्वारा गठित कार्यदलले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम् साझा कार्यक्रम र कार्यविधि तयार पारेको हाे ।

आइतबार अपरान्ह ४ बजे गठबन्धनका शीर्ष नेताको उपस्थितिमा सिंहदरबारमा संयुक्त सरकार सञ्चालन कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने जनाइएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । कार्यदलले शुक्रबार उक्त कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ ।