बुटवल,२४ साउन । नेपालकै चर्चित गायन रियालिटी शो द भ्वाइस अफ नेपालको सिजन ३ को उपाधि किरण गजमेरले हातपार्न सफल भएका छन् ।
शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनी द भ्वाइस अफ नेपाल सिजन ३ को विजेता बन्न सफल भएका हुन् ।
कोच प्रमोदको टिममा रहेका उनी सर्वाधिक भोट पाएको आधारमा विजेता बनेका हुन् । उपाधि चुमेसँगै किरणले फेसबुक मार्फत सबैलाई धन्यवाद दिएका छन् । उनले आफुलाई भोट गरेर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्न माध्यमबाट साथ र सहयोग गर्ने सम्पूर्ण नेपाली महानुभावहरुमा हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् । यो रियालिटी शो हिमालयन टीभी एचडीबाट प्रसारण हुदै आएको थियो ।






