बुटवल,२३ साउन । सुन्दर ट्रेडर्स प्रालि र भारतको नयाँदिल्ली स्थित काशिस ई-माेविलिटीबीच विद्युतीय सवारीसाधन सञ्चालन गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।
शुक्रबार तिलाेत्तमा नगरपालिकाकाे ड्राइभरटाेलमा एक कार्यक्रमकाबशीत सुन्दर ट्रेडर्सकाे तर्फबाट अध्यक्ष भेष बहादुर थापा र काशिसकाे तर्फबाट प्रमुख कार्यकारी निर्देशक रवीकुमार पांगाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार काशिसले विद्युतीय सवारीसाधन साधन आपूर्ति र प्राविधिक सहयोग गर्ने छ भने सुन्दर ट्रेडर्सले सञ्चालनकाे जिम्मेवारी पाएकाे छ ।
नेपालका मुख्य मुख्य शहरहरूमा विद्युतीय सवारीसाधन चलाउने विषयमा भएको सम्झौता अनुसार दुई बर्षभित्र नेपालमा दुई सय विद्युतीय सवारीसाधन सञ्चालनमा आउने जनाइएको छ ।
सुन्दर ट्रेडर्स प्रालिका सञ्चालक डिआर घिमिरेले निकट भविष्यमा लुम्बिनी प्रदेश सहित देशका विभिन्न शहरहरूमा विद्युतीय सवारीसाधन सञ्चालनमा आउने बताए ।






