काठमाण्डौ,२३ साउन । आज वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वाग्मती प्रदेशको काठमाण्डौ उपत्यका र आसपासको क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

हाल मनसुन खासै सक्रिय नभएकाले देशका अरु ठाउँमा भने सामान्य बद्ली भएर कुनै कुनै ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उनलेे बताए ।

दिउँसोतिर भने देशभरि नै सामान्य बद्ली रहनेछ । आउने बुधवारदेखि मनसुन थप सक्रिय हुँदै जाने मौसमविद् अर्यालकाे भनाइ छ ।