बुटवल, २२ साउन ।
तिलोत्तमा नेवा मयजु खलः ले रामापिथेकस बोटानिकल गार्डेन र बाल विकास केन्द्रमा शुक्रबार वृक्षरोपण गरेको छ ।

जैविक विविधता पार्क क्षेत्रको धार्मिक बनमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिका बडा नं. ३ का वडा सदस्य सरस्वती कुवरले वृक्षारोपण गरि शुभारम्भ गरेकी हुन् ।

रुपन्देही र पाल्पा जिल्लामा पर्ने धार्मिक पर्यटकिय क्षेत्रको विकास गर्न सबैको पहल जरुरी रहेको उनले बताइन । लामोसमयदेखि सो क्षेत्रमा लोपोन्मुख बिरुवाहरु लगाउदै आएको भन्दै उनले यसको संरक्षण महत्वपूर्ण हुने बताइन ।

मयजु खलः का अध्यक्ष मिलन श्रेष्ठले धर्म, संस्कृति जर्गेना गर्ने उद्येश्यका साथ स्थापना भएको सामाजिक संस्थाले विभिन्न रचनात्मक कामहरु गर्दै आएको बताए । नेवार समुदायमा हराउदै गएका धेरै पर्व र चाडलाई जोगाउन आफुहरु निरन्तर लागेको उनले बताए ।

कार्यक्रममा सिद्धबाबा धाम विकास समितिका उपाध्यक्ष लक्ष्मण पोखरेल, सहसचिव गणेश प्रसाद श्रेष्ठ, आनन्द भगत श्रेष्ठ, धनेन्द्र श्रेष्ठ, राजु श्रेष्ठ, सुरज क्षेत्रीले सबैको सहयोगमा जैबिक विविधता पार्क विकासमा लाग्न सुझाव दिए । कार्यक्रम संयोजक सुशिला श्रेष्ठले करीब एक सय बिरुवाहरु लगाईएको जानकारी दिइन । सो बोटानिकल गार्डेन ३ सय ९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।