बुटवल,२२ साउन ।
प्रहरीले बुटवलको मैनाबगरबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा मैनाबगर पुगेको इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बुटवल मैनाबगर बस्ने ४५ वर्षीया सानुदेवी पुन, रुपन्देहीको शिद्धार्थनगर ३ बस्ने ४२ वर्षिय प्रकाश वानिया र नवलपरासी सरावल गाउँपालिका–४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट फेनरागन ४५७ एम्पुल, नुर्फिन ४६२ एम्पुल, सेरीजेट ४७६ एम्पुल, नाइट्रोसन ६७५ चक्की र नाइट्रोभ्याट ७० चक्की बरामद गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए । उनिहरुको साथबाट लु ६१ प ८९६८ नम्बरको यमाहा मोटरसाईकल र ४ थान मोवाईल सेट समेत नियन्त्रणमा लिएको प्रहरील जनाएको छ ।






