घटनामा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल र मानबहादुर रावतकाे संलग्नता
बुटवल,२१ साउन । सम्पर्क बिहिन भएकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वली खत्रीले आफुलाई पाँच दिन मुख्यमन्त्री शंकर पाेखरेलकाे सरकारी निवासमा बन्धक बनाइएको बताएकी छन् ।
बुधबार बिहान मुख्यमन्त्री निवासबाट भागेर नेकपा माओवादी केन्द्रकाे सम्पर्कमा आएकी वलीले आज आयाेजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएकी हुन् ।
उनलेे आफू नेकपा एमालेका फर्केको भनी गरिएको प्रचार झुठो भएको समेत प्रष्ट पारिन् ।
वलीले आफुलाई जवरजस्र्त एमाले बन्न दबाब दिएको पनि खुलासा गरेकी छिन् । दाङ क्षेत्र नं. ३ ख बाट निर्वाचित वलीले आफु दाङमै भएको बेलामा एमालेका सांसद भुमिश्वर ढकाल र मानबहादुर रावतले एमाले बन्न दवाव दिएको आरोप लगाइन् । आफुलाई नेपालगन्ज सँगै जाने भनेर यौटै गाडीमा लगे पनि पूर्वपश्चिम राजमार्गको अमिलिया पुर्याएर नेपालगन्ज नलगि सिधै मुख्यमन्त्री निवासमा ल्याइएको बताइन् ।
मुख्यमन्त्री शंकर पोखरेलसँग भेट गरौं भनेर लगेका उनीहरुले माईन्युटमा हस्ताक्षर गरेर मात्र छाड्ने भनेपछि आफुले एमालेमा रहेको विज्ञप्ति र माइन्युटमा हस्ताक्षर गरेको बताइन् ।
पाँच दिनसम्म आफुलाई एमाले बन्न दबाब दिदै मुख्यमन्त्री निवासमा राखिएको बताउँदै उनलेे हिजो निवासको तल्लो तलासम्म खाली खुट्टा र त्यसपछि बाथरूमको चप्पल लगाएर निवासबाट बाहिर निस्कन सफल भएको जानकारी गराइन ।
उनलेे आफुसँगै एमालेकै अर्कि प्रदेश सभा सदस्य सरस्वती गाैतम र कमला देवी बिकलाई पनि साथीको रूपमा राखिएको बताइन् ।






