काठमाण्डाै,२१ साउन । आज पनि लुम्बिनी सहित पाँच प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।
लुम्बिनी,गण्डकी,वाग्मती,प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने माैसमविदकाे अनुमान छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार यी प्रदेशका केही ठाउँमा दिउँसो पछि ठूलो वर्षाको सम्भावना छ भने अन्य क्षेत्रमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ । मनसुन थप सक्रिय नभएकाले धेरै ठाउँमा तत्काल ठूलो पानी नपर्ने मौसमविद्ले बताएका छन् ।

अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली छ । काठमाण्डौ उपत्यकाका दिउँसो पछि हल्कादेखि सामान्य खालको वर्षा हुने अनुमान छ । मौसमविद्ले बाढी पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।