सिद्धार्थ राजमार्ग अवरुद्ध
बुटवल,१८ साउन ।
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ दोभान नजिँकै गुडिरहेको बोलेरो गाडीमाथी पहिरो खस्दा ३ जना घाईते भएका छन् ।
पाल्पाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडीमाथी पहिरो खसेको प्रहरीले जनाएको छ ।
घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख योगेन्द्र सिंह थापाले जानकारी दिए ।
पहिरोका कारण सडक अबरुद्ध भएको र खुलाउने प्रयास भैरहेको उनले बताए ।
घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थापाले बताए ।
घाईतेहरुको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।






