काठमाडौं,१८ साउन । आजका लागि बाेलाइएकाे नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नुपर्ने भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक स्थगित गरिएकाे जनाइएको छ ।

सरकारमा सहभागी हुने मन्त्रीहरूकाे नाम टंगाे लगाउने लगातका बिषयमा छलफल गर्न माओवादी केन्द्रले आज दिउँसो ३ बजे स्थायी कमिटी बैठक बाेलाएको थियो ।

२९ असारमा काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए ।

साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए पनि प्रधानमन्त्री देउवाले हालसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।