बुटवल,१७ साउन । लुम्बिनी प्रदेशसभा सदस्यमा पुनर्बहालीकाे माग गर्दै सर्बोच्च अदालत गएका निवर्तमान प्रदेश सभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीलाई सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
उत्प्रेषणकाे आदेश मार्फत प्रदेश सभा सदस्यमा पुनर्वहालीकाे माग गर्दै दायर रिट निबेदनमाथि आइतबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधिस आनन्दमोहन भट्टराईको एकल इजलासले माग बमोजिम उत्प्रेषण आदेश जारी गर्न अस्विकार गरेकाे हो ।
उनिहरूकाे मुद्दामा अदालतले उत्प्रेषणकाे आदेश दिन अस्वीकार गरेसँगै शंकर पाेखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार थप संकटमा परेको छ ।
सर्वोच्चले विपक्षीहरुका नाउमा कारण देखाउ आदेश दिएको छ ।

माओवादी केन्द्र परित्याग गरि एमालेमा सक्रिय भएका उनीहरुले आफुहरुलाई पार्टीले बिनाकारण हटाएकाेले पुर्नवहालीको माग गर्दै साउन ७ गते सर्बोच्च अदालतमा रिट निवेदन दिएका थिए।

आज भएको प्रारम्भिक सूनुवाई पछि न्यायधिस आनन्द मोहन भटराईको ईजलासले उनीहरुलाई हटाउनुको कारण माग गर्दै छलफलका लागि भदौं ८ गते दुवै पक्षलाई बोलाएको छ ।

दधिराम न्यौपाने र दिनेश पान्थीले एमाले प्रवेश गरेको अभियोग अस्विकार गर्दै आफुहरुलाई नेपालको संबिधान र नेकपा माओवादी केन्द्र संसदीय दलको बिधान बिपरीत हटाईएको भन्दै सर्बोच्च अदालतमा साउन ७ गते निवेदन दिएका थिए।

माओवादी केन्द्रको दल त्यागको पत्रको आधारमा सभामुख पूर्ण बहादुर घर्तीले रुपन्देहीको क्षेत्र नं १ (ख) र गुल्मीको क्षेत्र नं २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई दुवै जनाको सांसद पद रिक्त भएको जानकारी दिएका थिए ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि दुवैजनालाई मााओवादी छाडेर एमालेमा सक्रिय रहेका छन् । उनीहरु औपचारीकरुपमा एमालेमा सक्रिय भएपछि माओवादी केन्द्रले दल त्याग गरेको निर्णय गर्दै पार्टीको साधारण सदस्य र प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो।

निवेदकहरुले नेकपा माओवादी केन्द्र, लुम्विनी प्रदेश प्रदेशसभा सचिवालय, लुम्विनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई बिपक्षी बनाई पुर्नवहालीको माग गर्दै निवेदन पेश गरेका थिए।

निवेदकहरुको तर्फबाट अधिवक्ता भटराई संगै बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बिजयकान्त मैनाली शुरेन्द्र कुमार महतोलगायतले बहस गरेका थिए भने नेकपा माओवादी केन्द्रको तर्फबाट बरिष्ठ अधिवक्ताद्धय रमणकुमार श्रेष्ठ र मुक्ती प्रधानले बहस गरेका थिए।