काठमाडौं,१४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद तत्कालै वारपार लगाउन निर्देशन दिएका छन् ।

विवादका कारण पार्टीका गतिविधि अघि बढ्न नसकेको भन्दै
अध्यक्ष ओलीले तत्कालै विवाद वारपार गर्न आफू निकटका नेताहरुलाई निर्देशन दिएका हुन् ।

सधैँ एउटै कुरालाई लिएर अल्मलिएर बस्न नहुने भन्दै उनलेे विवादलाई तत्कालै छिनोफानो गर्न निर्देशन दिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

अध्यक्ष ओलीले बिवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूलाई समेत विवाद छिनोफानो छिटो गर्न निर्देशन दिएको तामाङले बताए ।

प्रधानमन्त्रीबाट बहिगर्मनपछि पहिलो पटक बुधबार पार्टी कार्यालय थापाथली पुगेका अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेललाई पार्टीभित्रको विवाद किनारा लगाउन निर्देशन दिएका थिए ।