काठमाडौं,१३ साउन । लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयाेजित कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरुकाे सहभागीता रहेको थियो ।
मन्त्री परिषदकाे सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकीका प्रदेश प्रमुख सीता कुमारी पाैडेललाई पदमुक्त गरि लुम्बिनीमा सेरचन र गण्डकीमा गुरूङलाई नियुक्त गरेकी थिइनन् ।