काठमाडौ,१२ साउन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी र गण्डकी प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख यादव र गण्डकी प्रदेशका प्रदेश प्रमुख पाेडेललाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

​नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको राष्ट्रपतीकाे कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ ।

मन्त्रिपरिषद्ले अमिक शेरचनलाई लुम्बिनी र पृथ्वीमान गुरुङलाई गण्डकी प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियोे ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम दुई जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतीकाे कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरि लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न सिफारिस गरेको थियो