काठमाडौ,१२ साउन ।
भारतमा काेराेना संक्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा २९ हजार ६८९ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा १३२ दिनपछि कोरोना संक्रमित हुनेको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ ।
हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय संक्रमित रहेका समाचारमा जनाइएको छ ।
गत २४ घण्टामा भारतमा थप ४२ हजार ३६३ जना कोरोना संक्रमित निकाे भएका छन् । भारतमा हालसम्म ९७.३९ प्रतिशत अर्थात् तीन करोड ६ लाख २१ हजार ४६९ जना कोरोना भाइरस संक्रमित निकाे भएका छन् ।
त्यस्तै गत २४ घण्टाको अवधिमा भारतमा थप ४१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म चार लाख २१ हजार ३८२ जना काेराेना संक्रमितको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार जारी तथ्यांकमा जनाइएको छ।
अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४४ करोड १९ लाख भन्दा बढी डोज कोरोनाभाइरसविरुद्धकाे खोप लगाइएको छ।
त्यसैगरी देशभरी अहिलेसम्म ४५ करोड ९१ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।







