काठमाडौं,१२ साउन । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ ।

दिउँसो एक बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ती सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र बैठकमा सभामुखले पूर्वसांसद विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै राष्ट्रिय सभाको बैठक पनि आज एक बजे नै बस्ने संसद सचिवालयले जनाएको छ।