काठमाडौं,११ साउन । कोरोना भाइरस संक्रमणकाे जाेखिमका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट आगामी १९ सेप्टेम्बरदेखि सुरु हुने भएको छ।

बाँकी खेललाई दोस्रो फेजका रुपमा संयुक्त अरब इमिरेट्स (युएई)मा खेलाइने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले जनाएको छ ।
फेज २ को पहिलो खेल १९ सेप्टेम्बरमा मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच हुने जनाइएको छ । दुबईमा १३, शारजहाँमा १० र अबुधाबीमा ८ खेलसहित ३१ खेलको तालिका बीसीसीआईले सार्वजनिक गरेको छ ।

बीसीसीआईका अनुसार अक्टोबर १० मा नकआउट राउण्ड सुरु हुनेछ। १० अक्टोबरमा क्वालिफाएर १, ११ अक्टोबरमा एलिमिनेटर र १३ अक्टोबरमा क्वालिफायर २ को खेल हुनेछ। फाइनल खेल १५ अक्टोबरमा दुबईमा हुनेछ।

आइपिएल क्रिकेटको १४ औँ सिजन गत ९ अप्रिलमा भारतमै सुरु भएको थियो। कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिएर खेलाडीमा समेत संक्रमण देखिन थालेपछि ४ मे आईपिएल स्थगित भएको थियो।