काठमाण्डाै,१० साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो बिगारेर टिकटक बनाएकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ६ का सोमप्रसाद घिमिरे रहेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर टिकटकमा पोस्ट गरी चरित्र हत्या गरेकाे अभियाेगमा उनलाई नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।