काठमाडौं,७ साउन । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीकाे औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने जनाएको छ ।
कांग्रेसले आगामी दिनमा औपचारिक बैठकहरू सरकारी निवासमा आयोजना नगर्ने निर्णय गरेको हो।
महामन्त्री पूर्णबहादुर खड्काले विगतको गलत परम्परालाई तोड्दै कांग्रेसले औपचारिक बैठकहरू बालुवाटारमा आयोजना नगरिने निर्णय गरिएको जानकारी दिए।
सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै महामन्त्री खड्काले विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने जानकारी गराएका हुन् ।
निर्णय कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बूढानीलकण्ठमा बस्ने पनि उनलेे जनाएका छन् ।
प्रधानमन्त्रीले आफ्नो पार्टीकाे बैठक समेत प्रधानमन्त्रीकाे सरकारी निवासमा राखेर सरकारी सम्पत्तिको दुरुपयोग गर्ने गरेको भन्दै आलोचना हुदै आएको थियोे ।







