काठमाडौं,३ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको छ ।
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादकाे सुनुवाइका लागि गठित प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासले उक्त आदेश दिएको हो ।
साे बिवाद निरूपणका लागि आइतबार भएको दुवै पक्षको बहस भएको थियो । बहसका क्रममा दुबै पक्षले आआफ्नो तर्क गरेका थिए ।
उपेन्द्र यादव पक्षले कार्यकारिणी सदस्यहरुलाई बोलाएर सनाखत गर्न माग गरेका छन् । महन्थ ठाकुर पक्षले भने पुस २०७७ मा बसेको बैठकले नै कार्यसमिति सदस्यहरु हेरफेर गर्ने अधिकार ठाकुरलाई दिएको र त्यसअनुसार असारमा नयाँ कार्यकारिणी सदस्यहरुको बहुमत हेर्नुपर्ने बताएको नेता केशव झाले जानकारी दिए ।








