काठमाडौं,२ असार । जनता समाजवादी पार्टी जसपाका पाँच सांसदले अध्यक्ष महन्त ठाकुरको साथ छाडेर अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा लागेका छ ।
पाँच सांसदले साथ छाडेसँगै ठाकुर समूह अब संसदीय दलमा समेत अल्पमतमा परेको छ । उनिहरू आजै बसेको अध्यक्ष उपेन्द्र यादव समूहको संसदीय दलको बैठकमा समेत सहभागी भएको साे पार्टीका नेताहरूले जनाएका छन् ।

अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाथ यादव पक्षमा लागका हुन् ।

३२ सांसद रहेको जसपामा अध्यक्ष ठाकुर पक्षका थप ५ सांसदले उनको साथ छाडेपछि यादव पक्षमा १७ सांसद् पुगेका छन् । यससँगै कार्यकारिणी समिती र संसदीय दल दुवैमा अध्यक्ष यादव पक्षको बहुमत भएको छ । जसपाको आधिकारिकता टुंगोमा पुर्याउनका लागि भोलि नै निर्वाचन आयोगले दुवै समूहलाई बोलाएको छ ।

यसअघि जसपाकाे अध्यक्ष ठाकुर पक्षमा २० जना थिए भने अर्का अध्यक्ष यादव पक्षमा १२ मात्रै सांसद् थिए ।
यसैबीच जसपा कांग्रेस सभापति सेर बहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरेको छ ।

आजै बसेकाे जसपा यादव पक्षको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।
बैठकले सांसदहरुलाई काठमाडौंँ नछाड्न निर्देशनसमेत दिएको
जनाइएको छ ।

यसअघि पार्टी अध्यक्ष ठाकुर समूह एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएको थियो।