गुल्मी,३१ असार ।
गुल्मीको अर्खलेमा जिपले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
जिल्लाकाे धुर्कोटबाट सदरमुकाम तम्घास आउँदै गरेको भे १ च १९४३ नम्वरको बोलेरो जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३१ बर्षीय सुजन पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनास्थमा गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल ल्याइए लगत्तै चिकित्सकले मृत घाेषणा गरेका थिए ।
अस्पतालका मेसु डा. उत्तम पाच्याले भने उनको घटनास्थलमै मृत्यु भएको बताए ।








