प्रकाश खनाल बुटवल,३१ असार ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको आर्थिक बर्ष २०७८/०७९ काे बजेटकाे टुंगो लाग्ने भएको छ ।
आज बस्ने प्रदेश सभाकाे आठौं अधिवेशनकाे १४ औं बैठकमा वजेटमाथी प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नहरूकाे सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि वजेट आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।
प्रदेश सरकारकाे वैधानिकतामाथिनै प्रश्न उठाउदै आएको विपक्षी गठवन्धन प्रदेश सभाबाट वजेट पारित नगर्ने रणनीतिमा रहेको छ भने सत्तारूढ दल नेकपा एमालेले भने जसरी पनि वजेट पारित गराउने रणनीतिमा रहेको छ ।
अध्यादेश बाट वजेट आउनसक्ने सम्भावनालाई मध्यनजर गरि वजेटमाथीकाे छलफलमा सहभागी भएको विपक्षी गठवन्धन वजेट पारित हुन नदिई प्रदेश सरकारलाई असफल बनाउने रणनीतिमा रहेको देखिन्छ ।
विपक्षी गठवन्धनकाे सहयोगबीना प्रदेश सभाबाट वजेट पारित हुनसक्ने अवस्था छैन ।
साउन १ गते भित्रै वजेट पारित गर्नुपर्ने बाध्यता भए पनि १ मतले अल्पमतमा रहेको प्रदेश सरकारले पेस गरेको वजेट पारित हुनेमा आशंका छ ।
सत्तारूढ दल नेकपा एमालेका ३८ जना,नेपाली कांग्रेसका १९,नेकपा माओवादी केन्द्रका सभामुख सहित १९ जना,जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमाेर्चाका १ जना गरि हाल ८३ सदस्यीय प्रदेश सभामा जसपाका ३ जना सत्तापक्षमा र ३ जना विपक्षी गठवन्धनमा लागेकाले सभामुख बाहेक सत्ता पक्ष र विपक्षी गठवन्धनकाे बराबर रहेको छ ।
आज दिनभर सत्ता समिकरणमा फेरवदल नआए लुम्बिनी प्रदेश सभामा सभामुख पुर्णबहादुर घर्तीकाे मत निर्णायक हुनेछ ।

सभामुख घर्ती नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य भएकोले सभामुखले विपक्षी गठवन्धनलाई मत दिने र प्रदेश सभाबाट वजेट पारित हुन नसक्ने सभ्भावना प्रवल देखिन्छ ।
प्रदेश सरकार हाल अल्पमतमा रहेको र अल्पमतकाे सरकारले ल्याएको वजेट पनि अवैधानिक हुने र प्रदेश सभा सदस्यहरूलाई वाइपास गरेर वजेट ल्याइएको भन्दै विपक्षी गठवन्धनले विराेध गर्दै आएका छन् ।
मुख्यमन्त्री शंकर पाेखरेलले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने या राजिनामा दिनुपर्ने विवक्षी गठवन्धनकाे माग छ ।
प्रदेश सभामा वजेट निर्णयार्थ प्रस्तुत हुने दिन आजको प्रदेश सभा वैठकलाई महत्त्वका हेरिएको छ ।