काठमाडौँ,३० असार । आफ्नै सरकारले जारी गरेको लकडाउनकाे उल्लंघन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएर बालकाेट पुगेका छन् ।
काेराेना संक्रमणकाे जाेखिमका कारण आफ्नै नेतृत्वको सरकारले जारी गरेको लकडाउनकाे उल्लंघन गर्दै सयौंको संख्याका सवारीसाधन र कार्यकर्ताकाे लावालस्कर सहित उनी आफ्नो निजी निवास बालकाेट पुगेका हुन् । गाडी लिएर बालकोट फर्किएका छन्।
झरीका बाबजुद समर्थकहरुको घेराबीच ओली बालुवाटारबाट बालकोट पुगेका थिए । उनको स्वागतमा बाजागाजासहितको टोली समेत सहभागी थियो । युवा संघ, युथ फोर्सलगायत एमालेनिकट संगठनहरुले ‘आईएम विथ केपी ओली’ उल्लेखित ‘कट आउट’ मोटरसाइकल र गाडीमा राखेर र्याली निकालेका थिए।
बालकोटस्थित निवासमा समर्थकहरूलाई सम्बाेधन गर्दै ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपालकै कारण अहिलेकाे अवस्था आएको भन्दै नेता नेपाललाई गद्दार भएको आराेप लगाए ।
दोस्रोपटक गरेको संसद विघटनसमेत सर्वोच्च अदालतले उल्टाई दिएपछि ओली बालुवाटारबाट बाहिरिन बाध्य भएका हुन् ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेशसमेत दिएको थियो ।
ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको सर्वोच्च अदालतको ठहर छ ।








