बुटवल,२९ असार ।
बुटवल उपमहानगरपालिकाका १० सहित मंगलबार रूपन्देहीका २४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका १८८ जनाको पिसिआर परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
यससँगै रूपन्देहीमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या २८ हजार ६१३ पुगेको छ ।
स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार मंगलबार रूपन्देहीको
बुटवल उपमहानगरपालिकाका १० जना,सैनामैना नगरपालिकाका ६ जना,तिलाेत्तमा नगरपालिकाका ४ जना, देवदह नगरपालिका र ओमसतिया गाउपालिका २/२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रूपन्देहीका थप ४४ जना काेराेना संक्रमित निकाे भएका छन् । जिल्लामा हालसम्म २७ हजार ७९४ जना काेराेना संक्रमित निकाे भैसकेका छन् ।
रून्देहीमा पछिल्लो २४ घण्टामा एक जना काेराेना संक्रमितकाे मृत्यु भएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
जिल्लामा हालसम्म ५०५ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ ।
हाल जिल्लामा ३१४ जना सक्रिय संक्रमित रहेका छन् ।







