काठमाण्डौ,२८ असार ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान रक्षा गर्ने आफुहरुको अभियान सफल भएको बताएका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णय बदर गरि प्रतिनिधिसभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको फैसला प्रति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउदै वरिष्ठ नेता पौडेलले उक्त कुरा बताएका हुन् ।
संविधान रक्षा गर्ने आफुहरुको अभियान सफल भएको भन्दै उनले संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको समेत जनाएका छन् ।
कांग्रेस वरिष्ठ नेता पौडेलले त्यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद दिनुका साथै पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई समेत दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्–“संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो । संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ । यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई !”








