काठमाण्डाै,२३​ असार । हैटीका राष्ट्रपति जोभेनल मोइसेको हत्या भएको छ । राष्ट्रपति मोइसेको घरमा गरिएकाे आक्रमणमा उनकाे मृत्युु गएकाे बीबीसीले जनाएको छ ।

केही मानिसहरूले राष्ट्रपति मोइसेको निजी निवासमा आक्रमण गरेको प्रधानमन्त्री क्लाउडे जोसेफको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । हत्या कसले गर्‍याे भन्ने खुलिसकेको छैन ।

आक्रमणममा राष्ट्रपति मोइसेकी श्रीमती घाइते भएको समाचारमा जनाइएको छ ।

आफ्ना पूर्ववर्ती राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय जोभनेल मोइसेले सन् २०१७ को फेब्रुअरी महिनादेखि सत्ता सम्हालेका थिए ।

भ्रष्टाचारका अभियोगहरूका माझ मोइसेको कार्यकाल सहज थिएन । उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूकाे सामना गर्नु परिरहेको थियो ।

यसै वर्ष केही समयअघि राजधानी र देशका अन्य सहरमा पनि मानिसहरूले उनको राजीनामा माग्दै व्यापक रूपमा विरोध प्रदर्शन गरेका थिए ।